अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका पूर्व उपाध्यक्ष ज्याक वार्नरले फिफा अध्यक्ष सेप ब्लाटरलाई रंगभेदी र विभेदकारी भएको आरोप लगाएका छन् ।
आर्थिक लेनदेनको आरोप लागेपछि गत जुन महिनामा फिफा उपाध्यक्षबाट राजिनामा दिएका वार्नरले पैसा र शक्तिको लालचले फिफा अध्यक्ष ब्लाटरलाई मानसिक रोगी बनाएको गम्भिर आरोप समेत लगाए । ब्लाटर विरुद्ध खनिएका ट्रिनिडाडका नागरीक वार्नरले टेलिभिजनहरुलाई प्रशारण अधिकार वितरण गर्दा फिफाभित्र भएको आर्थिक लेनदेनबारे अर्को हप्ता सनसनीपुर्ण रहस्य खोल्ने दावी समेत गरे ।
गत जुनमा भएको फिफाको निर्वाचनपुर्व सेप ब्लाटरका प्रत्याशी मोहोमद विन हमामको समर्थन गरेका वार्नर विरुद्ध आर्थीक लेनदेनको आरोप लगाईएपछि उनले राजिनामा दिनुपरेको थियो । वार्नर, हमाम लगायतका आधा दर्जन पुर्व पदाधिकारीहरु विरुद्ध फिफामा मुद्दा जारी छ ।
गत महिना मात्रै हमामले फिफाले आफुमाथि लगाएको आजिवन प्रतिवन्ध विरुद्ध खेलकुद सम्बन्धी अन्तराष्ट्रिय अदालतमा अपिल गरेका थिए ।