कस्ले पाउँला ‘बेलन डे ओर’ अवार्ड

काठमाडौं, ११ पुस वर्ष २०११ को सकिँदै गर्दा फुटबलको क्षेत्रमा प्रदान गरिने सर्वाधिक महत्वपूर्ण अवार्ड, फिफा ुबेलन डे ओरुको मिति पनि नजिकिँदै छ । स्पेनिस क्लब फुटबलका दुई परस्पर प्रतिद्वन्द्वी रियाल मड्रिड र बार्सिलोनाका स्टार खेलाडी क्रमश क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी फेरि यो वर्ष पनि आ(आफ्नो  तर्फबाट सर्वोत्कृष्टताको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
 
अर्जन्टाइन स्टार मेसी पुरानो शैलीको फुटबल खेलेर नयाँ जादु देखाउँछन् । यता, पोर्चुगिज स्टार रोनाल्डोको खेलमा स्पिड, पावर र पेशबीचको गजबको तालमेल देखाउँछ् । मैदानभित्रको मापदण्डलाई हेर्ने हो भने यी दुबै कम छैनन् ।
वर्ष २०११ को आँकडा हेर्ने हो भने स्पेनिस फुटबल लिग ुला लिगाुमा रोनल्डोले ३४ खेलमा ४३ गोल गरेका छन् । १२ पटक गोल गर्नमा सहयोग पनि गरेका छन् । कुल ६० खेलमा रोनाल्डोले ६० गोल गर्नुका साथै १७ पटक गोल गर्नमा मद्दत पुर्‍याएका छन् । वर्ष भरी उनले ८ पटक कार्ड देख्दा रियाल मड्रिडले किंगस् कप अर्थात ुकोपा देल रेुको एउटा उपाधि समेत जित्यो ।
अर्कातर्फ, बार्सा स्टार तथा साविक बेलन डेओर विजेता मेसीले बर्ष २०११ मा आफ्नो क्लबका लागि कुल पाँच उपाधि जिताएका छन् । वर्ष २०११ को ुला लिगाुमा उनले ३६ खेलमा ३१ गोल गर्दा १६ वटामा गोल गर्ने अवसर जुराइ दिएका थिए । समग्रमा मेसीले ७० खेलमा ५९ गोल गरे भने २८ पटक गोल गर्नमा सहयोग गरे । वर्ष भरीको खेल दौरान उनले ६ कार्ड देख्नु पर्‍यो ।
यी दुई खेलाडी मध्ये यस बर्षको ुबेलन डेु ओरु कस्ले हात पार्छ रु यो अहिले फुटबल प्रेमी तथा फुटबल पण्डितहरुबीच चर्चाको विषय बनेको छ । फुटबलको दुनियाँमा वर्ष २०१२ ले कसलाई भाग्यमानी ठहर गर्छ रु ज्युरिचबाट जनवारीमा हुने घोषणाले बताउने छ ।