पहिलो टेस्टमा अस्ट्रेलियाद्वारा भारत पराजित

मेलबर्न, पुस १४ अस्ट्रेलिया आफ्नो भूमिमा भइरहेको पहिलो टेस्टमा भारतलाई
१२२ रनले पराजित गरेको छ। २९२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै गरेको
भारतको छ विकेट मात्र ८१ रन जोड्दा गुमिसकेको थियो।
 

भारतले अस्ट्रेलियामा कुनै पनि शृङ्खला नजितेको ६४ वर्ष भइसकेको छ।

अस्ट्रेलियाले आफ्ना बाँकी रहेका दुई विकेटबाट ६१ रन बनाएपछि ब्याटिङ थालेको भारत ४७।५ ओभरमा १६९ रन बनाएर अलआउट भएको थियो।

म्यान अफ दि म्याच जेम्स प्याटिन्सनले ५३ रन खर्चेर चार विकेट लिए। पिटर सिडलले भने तेन्दुलकरको महत्त्वपूर्ण विकेट लिए। उनी यस पटक पनि सयौँ शतक बनाउनबाट चुके।