– ज्ञानेन्द्र खाइजू
काठमाण्डौंपुस १५ गते । नेपाली तथा विश्ब चेस इतिहासमा पहिलो पटक रेटिङ्गसहित द हिमालयन चेस क्लबद्धारा आयोजित धनबहादुरप्रधानस्मृति रेपिड चेस टुर्नामेन्ट आजबाट शुरु भयो । आज सम्पन्न तीन चरणकाखेलहरुमा जीत हासिल गरी फिडेमास्टर विलमलाल श्रेष्ठ मनिष हमाल र काभ्रेका मदनकृष्णकायष्ठ ३ अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । विलमले पहिलो खेलमा मध्यपुरचेस क्लबका प्रशान भासिमा दोश्रोमा कान्तिपुर चेस क्लबका प्रचण्डमान मालाकार र तेश्रोमामछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठलाई हराएका थिए । त्यस्तै मनिषले किर्तिपुरकाप्रेमलाल महर्जन ललितपुरका हेराकाजी महर्जन र पूर्वनेपाल च्याम्पियन नविन तण्डकारलाईमाथ गरेका थिए भने काभ्रेका युवा खेलाडी मदनकृष्णले क्रमशः वन विभागका भुबनेश्वरचौधरी ललितपुरका राजकाजी महर्जन र सहकारी मन्त्रालयका कृष्णप्रसाद श्रेष्ठलाई पाखालगाएका थिए ।
त्यस्तैभक्तपुरका उमेश सैजू मध्यपुरका इन्द्रनारायण श्रेष्ठ हेटौडाका कृष्ण थापा यट्खाकाप्रेमकृष्ण महर्जन प्रचण्ड राजकाजी नविन र श्यामसुन्दरले समान दुइ अंक प्राप्त गरेकाछन् । पुल्चोक कलेजका सन्तोष गौतम मखनका राजन पुरी र भक्तपुरका ज्ञानेन्द्रखाइजू एक दशमलब पाँच अंकसहित संयुक्त तेश्रो स्थानमा रहेका छन् । स्वीस लिगअनुसार ७ चरणका खेल हुने टुर्नामेन्टमा खेलाडीलाई १५ मिनेट र प्रत्येक चालकोलागि थप १० सेकेण्ड समय दिइएको थियो ।
यसअघिआयोजक क्लबका अध्यक्ष रामकुमार थापाको सभापतित्वमा एक कार्यक्रमबीच विश्ब बुद्धिचालमहासंघ फिडेका कार्यकारी सदस्य एवं नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी र स्व।धनबहादुरका सुपुत्र चेसप्रेमी प्राध्यापक मोहनिसंह प्रधानले चेस गोटी चालेर संयुक्तरुपमाटुर्नामेन्ट उद्घाटन गर्नुभएको थियो ।