त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थललाई राजधानी बाहिर सार्ने तयारी

मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा दृश्यावलोकन टावर र हिमताल निर्माण गरिने भएको छ । मकवानपुरको दामन गाविसको सिमभञ्ज्याङ्गमा बन्ने टावर र हिमतालको पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले शिलान्यास गर्नुभयो । भ्यू टावर निर्माणका लागि ७० लाख र हिमताल निर्माणका लागि ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

दामनबाट नेपालका ८ हजार मिटर भन्दा माथिका प्राय सबै हिमश्रृङ्गखलाको अबलोकन गर्न सकिन्छ । पर्यटन मन्त्री विष्टले पुस ३० गते सरकारले पर्यटक दशकको घोषणा गर्ने र त्यही दिन लुम्बिनी भ्रमण बर्षको औपचारिक सुरुवात हुने जानकारी दिनुभयो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अस्तव्यस्ततामा सुधार ल्याउन आन्तरिक विमानस्थललाई राजधानी बाहिर सार्ने तयारी भईरहेको जानकारी उहांले दिनुभयो ।