पर्वतमा उत्पादित सुन्तलाले बजार पाउन नसकेपछि कृषक चिन्तित

पर्वतको दाङसिङ गाविसको सुदामेमा उत्पादित सुन्तलाले बजार पाउन नसकेपछि यस भेगका सुन्तला कृषक चिन्तित बनेका छन् ।

 

यातयातको अभावमा बजारसम्म सुन्तला पु-याउन नसक्दा कृषकले उत्पादन गरेका लाखौ रुपैयाँ बराबरका सुन्तला बोटबाटै झरेर सकिने अवस्था आएको छ । अन्नपूर्ण पद यात्रा मार्गमा पर्ने यो गाउँमा केही बर्षदेखि सुन्तला खेती शुरु गरिएको हो ।

 

बारीमा लटरम्म सुन्तला फलेपनि बिक्री नहुँदा कृषकलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको छ । कोदो धान लगाउन पनि खेताला नपाइने भएपछि यस भेगका कृषकले सुन्तला लगाउन थालेका थिए । अन्नपूर्ण पदयात्रामा आउने पर्यटक र भरिया नै यहाँका सुन्तलाका ग्राहक हुन् ।