पर्वतमा १ महिने कटन झोला बुनाइ तालिम प्रमाण -पत्र बितरण

२६ पौष पर्वत २०६८। घरेलु तथा सानाउद्योग बिकास समिति शाखा कार्यालय पर्वतको प्राविधिक तथा परामर्श सहयोग  लघु उद्यमबिकास कार्यक्रम र माँझफाँट गाविसको  आर्थिक सहयोग सहयोग  लघु उद्यमी संघपर्वतको आयोजनामा माझफाँटमा संचालन गरिएको १ महिने कटन झोला बुनाइ तालिमकासहभागिलाइ घरेलु तथा साना उद्योग बिकास समिति पर्वतका बरिष्ठ उद्योग अधिकृत एवंकार्यक्रमका प्रमुख अतिथि शिवशंकर बानियाँले एक समारोह विच प्रमाण पत्र बितरण गर्नुभयो  ।

 

प्रमाण पत्र बितरण पश्चात मन्तब्य प्रकटगर्दै प्रमुख अतिथि बानियाँले पुरानो प्रविधिलाइ समयानुसार परिवर्तन गरि उत्पादनकोगुणस्तर र उत्पादन परिमाण बृद्वि गराउन प्रविधिमा सुधार गरि तालिमको आयोजनागरिएकोले तालिमबाट उद्यमी प्रत्यक्षरुपमा लाभान्वित हुने र बाँकी रहेका समस्यालाइसरोकारवाला निकायहरु बिच समन्वय गरि समाधान गरिने कुरा ब्यक्त गर्नु भयो  ।

 

सो अवसरमा जिल्ला लघु उद्यमी समुह पर्वतका कार्यक्रमसंयोजक लक्ष्मी शर्माले साझा सुविधा केन्द्र भवन लगायत सम्पूर्ण दायित्व समुहलाइहस्तान्तरण गरि सकिएकोले संस्था संग मात्र निर्भर नभइ समुह कि्रयाशिल हुदै जानु पर्ने रबजारको माग अनुसारका सामान उत्पादन गरेमा बजारको समस्या नहुने कुरा बताउनु भयो ।

 

प्रमाणपत्र बितरण समारोहमा तालिमका प्रशिक्षार्थी कमला बिक प्रशिक्षक बालकुमारी श्रेष्ठ नेकपा एमाले जिल्ला कमिटि सदस्य लाल बहादुर अधिकारीले तालिमको महत्व बारेमाबोल्नु भएको थियॊ । कार्यक्रममा उपस्थित सवैलाइ समुह सदस्य डिल कुमारी बिकलेमन्तब्यद्वारा स्वागत गर्नु भएको थियो । साझा सुविधा केन्द्र भवन निमार्ण समितिकाकोषाध्यक्ष पे्रम कुमार बिकले संचालन गर्नु भएको समापन कार्यक्रमको अध्यक्षता भवननिर्माण समितिका निवर्तमान अध्यक्ष गुप्तबहादुर घर्ति क्षेत्रीले गर्नु भएको थियो ।तालिममा १५ जना दलित महिलाहरुको सहभागिता रहेको थियो ।