साताको अन्तिम दिन विहीबार पनि शेयर बजार सामान्य उकालो लाग्यो । यस दिन पनि बजार परिसूचक नेप्से २ अंक बढीले सुधार भएर ३ सय २३ दशमलब पाँच आठमा पुग्यो । विकास बैंक बाहेक कारोबार भएका अरु समूहका सूचक उकालो लागे संगै नेप्से सकारात्मक रहन गएको हो ।
जलविद्युत र बीमा समूहका सूचकमा ९ – ९ अंकको सुधार भयो । कारोबार परिमाणमा भने खासै सुधार आउन सकेको छैन । यस दिन नेपाल स्टक एक्सचेन्जमा ८१ कम्पनीको ८३ हजार कित्ता शेयर जम्मा डेढ करोड रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ । यस दिन युनिलिभर नेपालको शेयर भाउमा सबैभन्दा उच्च १ सय २१ रुपैयाँले बृद्धि भयो ।



