काठमाडौ – टुरिज्म डेभलप्मेन्ट बैङ्क लिमिटेडले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागि रु २४ करोडको २४ लाख कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
बैंकका अध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा शनिबार सम्पन्न भएको दोस्रो साधारणसभाले चुक्ता पुँजी रु ४० करोड रहेको वासलात, नाफानोक्सान तथा नगद प्रवाह लगायतका विवरण पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०६७/०६८ मा निक्षेप रु एक अर्ब ३५ करोड सङ्कलन गरी रु एक अर्ब ११ करोड लगानी प्रवाह गरेको छ । अघिल्लो वर्ष बैङ्कले रु ८० करोड निक्षेप सङ्कलन गरी रु १५ करोड लगानी गरेको थियो ।
विसं २०६६ चैतमा स्थापित सो बैंकले आर्थिक वर्ष २०६७



