भारतको पश्चिम बंगालस्थित गंगा सागरमा आज कुम्भ मेला लागेको छ ।
कुम्भ मेलापछि धेरै नेपाली गंगा सागर स्नानमा जाने गर्दछन् । यो मेला पश्चिम बंगालको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला हो । माघे संक्रान्तिमा मेला भर्न विश्वका लाखौ हिन्दु गंगा सागर पुग्ने गर्दछन् । गंगा सागरमा स्नान र पितृलाई तर्पण गरे पूण्य मिल्ने हिन्दु धार्मिक विश्वास छ ।
कोलकातास्थित नेपाली महावाणिज्य दुतावास र संयुक्त नेपाली केन्द्रीय सेवा संघले कोलकाताको आउटाम्घाटमा शिविर खडा गरी नेपालीहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि उपलब्ध गराएका छन् । चोरी, लुटपाट र ठगीबाट जोगाउन संयुक्त अभियान पनि संचालन गरिएको महाबाणिज्य दुताबासले जनाएको छ ।