पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

काठमाडौं, माघ ४ नेपाल आयल निगमले सम्पूर्ण पेट्रोलियम पदार्थको
मूल्यवृद्धि गरेको छ। बुधबार बसेको निगम बोर्ड बैठकले प्रधानमन्त्री
बाबुराम भट्टराईको स्वीकृतिमा पेट्रोल, डिजेल, मट्टितेल र खानापकाउने
ग्यासको मूल्यवृद्धि गरेको हो। बढेको भाउ अनुसार एक सिलिन्डर ग्यासको १
हजार ५ सय  रुपैयाँ उपभोक्ताले तिर्नु पर्नेछ। १ हजार ३ सय २५ मा
उपभोक्ताले पाउँदै आएको ग्यासमा प्रतिसिलिन्डर १  सय ७५ रुपैयाँ मूल्य
वृद्धि भएको हो।
पेट्रोलमा १० रुपैयाँ मूल्य बढाएर प्रतिलिटर १ सय १५ रुपैयाँ पुर्‍याइएको
छ। यसअघि एक लिटर पेट्रोलका लागि उपभोक्ताले १ सय ५ रुपैयाँ तिर्नुपर्थ्यो।
मट्टितेल र डिजेलमा  ९ रुपैयाँ बढाएर प्रतिलिटर ८५ रुपैयाँ पुर्‍याइएको छ।
७६ रुपैयाँबाट डिजेल(मट्टितेल ८५ पुगेको हो।