– कृष्ण खनाल
बुटवल । साररीक रुपमा अशक्त तथा दृष्टिविहिन भएका व्यक्तहरुले मुढा बनाउने तालिम प्राप्त गरेपछी आर्थिक तथा सामाजिक रुपमा परिर्वतन हुने आशा गरेका छन । सामाजिक रुपमा उपेक्षीत भएको तथा सरकार बाट समेत कुनै पनि सहयोग नभएको गुनासो गथरिरहेका समयमा पश्चिमाचल अपाङ्ग पुर्नस्थापना केन्द्र तथा घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले संयुक्त रुपमा प्रदान गरेको १५ दिने बासको मुढा बनाउने तालिम दिएपछी केहिरुपमा भएपनी परिर्वतनको आशा गरेको बताएका हुन ।
गत महिना को १८ गते देखी विहिवार सम्म संचालन भएको उक्ता तालिम को समापन कार्यक्रममा बौल्दै बुटवल बहुमुखी क्याम्पस विएड प्रथम बर्षमा अध्यान रत दृष्टिविहिन दधिराम घिमिरेले आफुमा कुनै पनि सिप नभएपछी समाजले हेर्ने दृष्टिकोण र आर्थिक रुपमा समेत उपेक्षीत जस्तै बनेको भन्दै आफुले तालिम लिएपछी अगामि दिनमा केहि रुपमा भए पनि आथिएक बोझ कम हुनाको साथै सामाजले हेर्ने दृष्टिठकोणमा समेत फरक आउने बताए । उनले आफुले सिकेको सिप व्यवहारमा उतार्नको लागि सवै प्रशिक्षार्थिहरुलाई आग्रह गर्दे सिप ले मानिसको आथिएक जिवनस्थर रमेत माथि उकास्नको लागि सहयोग पुर् याउने समेत भनाई राखे । त्यस्तै कार्यक्रममा साररीक रुपमा अशक्त भएकी पार्वती सेविकाले पनि तालिम पस्चात आफुमा सामजको सामु केहि गरेर खाने दृण विश्वास समेत बढेर गएको बताईन ।
उनले सिपेको सिकलाई व्यवहारमा उतार्नको लागि केहि बाधा अडचन आउने भएको भएपनि त्यसलाई पार गर्दे व्यवहारमा उतार्नको लागि आग्रह समेत गरिन । ४ जना दृष्टिविहिन प्रशिक्षार्थिहरु समावेस रहेको तालिममा सिकेको सिप व्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका प्रमुख अधिकृत रुद्र बहादुर मल्ल को प्रमुख आतिथ्यता रहेको सामापनकार्यक्रममा घरेलु तथा साना उद्योगका शिव पुजन चौधरी कृष्ण घिमिरे प्रशिक्षार्थिको तर्फ बाट दृष्टिविहिन प्रशिक्षर्थी दधिराम घिमिरे पार्वती सेविका लगाएतले मन्तव्य व्यक्त गरेका थिए । पश्चिमाचल अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष नेलाल रानाको अध्यक्षता तथा सचिव पुस्कप विश्वर्कर्माको संचालनमा भएको थियो ।