माघ ५ गते धनगढी । नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य एवं प्रतिनिधी ज्ञानेन्द्र खाइजूको प्रमुख आतिथ्यतामा कैलाली जिल्ला बुद्धिचाल संघको साधारण सभा सम्पन्न भयो । उक्त सभाले बोधराज ओझाको अध्यक्षतामा कैलाली जिल्ला बुद्धिचाल संघ निर्विरोध निर्वाचित गरेको छ । जसमा उपाध्यक्षमा गोपाल प्रसाद श्रेष्ठ र जीतबहादुर केप्छाकी सचिव धनबहादुर बोगटी कोषाध्यक्ष नरेश सैंजू र सदस्यहरुमा बबी केसी संजय श्रेष्ठ लक्ष्मण कुँवर र ललन चौधरी रहेका छन् । साथै नेपाल बुद्धिचाल संघको फाल्गुण २८ र २९ गते हुने साधारण सभाको लागि प्रतिनिधीमा बोधराज ओझा र जीतबहादुर केप्छाकीलाई चयन गरेको छ ।
त्यस्तै टीका दाहालको अध्यक्षतामा कंचनपुर जिल्ला बुद्धिचाल संघ गठन गरिएको छ । जसमा उपाध्यक्षहरु रुद्र खानियाँ र वेदप्रकाश भट्ट सचिव तिलक बस्नेत कोषाध्यक्ष कृतबहादुर जोरा र सदस्यहरु नारायण पन्थी जयबहादुर कार्की मोहनप्रसाद भट्ट र मदन बिष्ट छन् ।
साथै केन्द्रिय प्रतिनिधीमा रामेश्वर भट्ट र भीमदत्त पाण्डे चयन गरेका छन् ।