
सेनाले काम गरिरहेको क्षेत्रमा प्रधानमन्त्रीले हेलिकप्टरबाट निरीक्षण गरेका छन् ।द्रुत मार्गमा सेनाले ४५ किलोमिटर ट्रयाक खोलिसकेको छ ।
प्रधानमन्त्रीको साथमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पनि छन् । द्रुतमार्गको निरीक्षणपछि तीनै जना कम्युनिष्ट नेता भक्तबहादुर श्रेष्ठको शोक सभामा सहभागी हुन हेटौडा पुगेका छन् । प्रधानमन्त्रीले हेटौडास्थित डिजेल प्लान्टको पनि निरीक्षण गरेका छन् ।



