कलाकारको टोली देश दौडाहमा

 


 
– उमाकान्त पाण्डे, गाउँले
बुटवल ।  स्वरका धनि गायक रामकृष्ण  ढकाल देश दौडाहमा लागेका छ्न  ।  माघे सक्रान्तिको अवसरमा देशका बिभिन्न स्थानमा आयोजना गरिएका बिबिध सास्कृतिक कार्यक्रमका लागि उनि देश दौडाहमा लागेका हुन  ।
 



ढकालका साथमा आधा दर्जन कलाकारको टोली देशका बिभिन्न स्थानमा स्थानिय स्तरमा आयोजना गरिएका स्टेज कार्यक्रमका लागि ति स्थानमा पुगे ।
सुगम सगीतमा जिवित स्वर सम्राट मानिने रामकृष्ण  ढकाल लोकगायक कुलेन्द्र बिक जिवन परियार राजु परियारप्रकाश बिनायक पशुपति शर्मा  मीलन लामा, गायिका टिका पूनमन्जू महतनिशा सुनुवार मन्जु पौडेल लगायतका कलाकार काठमाण्डौ  गोर्खा मान्बु   अर्घाखाची हसपुर अर्घाखाची सन्धिखर्क गुल्मीको रिडी सलाहि र म्याग्दी लगायतका स्थानमा पुगेका हुन  ।
 

कलाकारको टोली खास गरी माघे सक्रान्तीको अवसरमा स्थानिय स्तरमा आयोजना गरिएका स्टेज कार्यक्रमका लागि बिभिन्न स्थानमा पुगेका हुन  ।
काठमाण्डौ बाट यात्रा सुरु गरेका कलाकारहरु अर्घाखाची सन्धिखर्कमा माघे सक्रान्ती अर्थात माघ १ गते आईपुगेका थिए  । 
 

अर्घाखाँची सन्धिखर्कको शान्ती बगैचामा राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिस्ठान अर्घाखाँची शाखा द्वारा आयोजना गरेको कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकका बिच कलाकारले आफ्ना कोशेली पस्केका थिए  । 
हाल्ऽका दिनमा अत्यधिक चर्चित लोक भाका ” डाडै फ़ुर्के सल्लो – मायाको गाउ त चिने घर चिन्नै सकिन वल्लो हो कि पल्लो ” बोलको सागीतिक कोशेली पस्किदा दर्शक दिर्घाबाट आएको वन्स मोरको आवाजले अन्त्यमा प्रत्यछ दोहोरि गाउने वाचा गर्दै स्टेज बाट के बाहिरिएका थिए स्थानीय कलाकार सुरुचि रायमाझी लगायतको बेजोड प्रस्तुतीले समेत दर्शकलाई उचालेको थियो ।
 



चिसो  चिसो मौसम त्यसमा पनि शान्ति बगैचा भित्र रहेका आपका बोटको छहारीले सेलाएका दर्शकलाई कलाकारका अलग अलग प्रस्तुतीले तताएको थियो ।
गायक ढकाल लगायत अन्य कलाकारको टोली अर्घाखाचीमा पहिलो पटक आएको उनिहरुले बताए  ।
अर्घाखाचीका दर्शकहरुको मायाले फेरी पनि बोलाउने छ तर आएको बखत जिल्ला घुमेर जाने भन्दै कलाकारहरु जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकाबाट पूर्वी गाविस बल्कोट हुदै गुल्मीको रीडी बजार सम्म मोटर साइकल तथा जिप को प्रयोग गर्दै पुगेका थिए  ।  
उता गुल्मी, पाल्पा तथा स्याग्जा गरि तिन जिल्लाको सगम पवित्र तिर्थ स्थल रिडि बजारमा स्थानिय एक बोडिङ स्कुलले आयोजना गरेको बिबिध सास्क्रितिक कार्यक्रममा कलाकारले दर्जनौ जिल्लाबाट आएका दर्शकलाई  मनोरन्जन दिए १ कि्रसि प्रबधन तथा बिधालयको सहयोगार्थ आयोजित सो मेला माघ १ देखि ५ सम्म चलेको थियो ।
 



सो मेलाको १ लाख भन्दा बढि दर्शकहरुले अवलोकन गरेको कार्यक्रम सहसयोजक रामलाल विकले जनाए । कार्यक्रममा देश दौडाहमा रहेका कलाकारले आफ्ना चर्चित भाकाहरु गुन्जाएका थिए ।
आधुनिक गायक रामकृष्ण  ढकाललाई त्यहा उपस्थित दर्शकले राम्रै साथ दिए ।
उनले आफ्नी छोरिको झल्को आएको भन्दै एक जना स्थानिय बालिकालाई स्टेजमा के लगेका थिए दर्शक दिर्घाबाट तालीद्वारा समर्थन मात्र पाएनन दर्शकहरु पनि भक्कानिए ।
 



ढकालको कर्ण पि्रय आवाजमा झुम्मिएका गाउले दर्शकहरु लोक भाकामा उप्रुी उप्रुी्र नाचेका थिए ।
लेक भाका  आधुनिक एवम हास्यवग्यका प्रस्तुतिले दर्शकलाई थप मनोरन्जन दिएको थियो । हास्य प्रस्तुतीका लागि हास्य टेली श्रन्खला जिरे खुस्रानीका कलाकार भोक लाग्यो तथा शभासद आएका थिए ।