महंगीयो हवाइ यात्रा

काठमाडौं, सरकारले पेट्रोलियम पदार्थमा  मूल्यवृद्धिका  कारण हवाइ यात्रा
महंगिएको छ । शनिबार हवाइ भाडामा जोडिने इन्धनबापतको मूल्यमा ५५ देखि १ सय
९० रुपैयाँसम्म बढाउने निर्णय भएको नेपाल वायु सेवा सञ्चालक संघले जानकारी
दिएको आजको कान्तिपुरले प्रकाशित गरेको छ ।
 
निर्णय बमोजिम बुद्ध एयरले शनिबारदेखि नै मूल्यमा समायोजन गरेको छ ।
त्यस्तै, गुण र अग्नीले आगामी मंगलबारदेखि नयाँ मूल्य समायोजन गर्ने छन् ।
सरकारले माघ ४ गते गरेको मूल्यवृद्धिअनुसार हवाइ इन्धनमा ५ रुपैयाँले बढाएर
प्रतिलिटर १ सय ५ कायम गरेको थियो ।  उडान खर्चमा इन्धनको हिस्सा ३०
प्रतिशतभन्दा बढी हुने भएकाले मूल्य समायोजन गर्नु परेको सञ्चालकहरु
बताउँछन् ।