काभ्रे – गाई काटेर मारेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ ।
गाई काटेर मारेको सूचनाका आधारमा मंगलबार घटनाका बारेमा अनुसन्धान गर्न गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक खेम आर्चायको नेतृत्वमा गएको प्रहरी टोलीले कुशादेवी ९ फापरचौरबाट स्थानीय ६४ वर्षे रामबहादुर स्याङतानलाई पक्राउ गरेको हो ।
‘गाई काटेर मार्नेमा उनी सम्लग्न रहेकाले पक्राउ गर्यौ’ उनले भने, ‘घटनाका बारेमा विस्तृत अनुसन्धान गरिरहेका छौ । अनुसन्धान पुरा भएपछि कानुनी कारबाही अगाडि बढाउँछौ ।’