बारा – तामाङहरुको महान् चाड २८४८ औं सोनाम (डुक) ल्होछार मंगलबार सिमरामा विविध कार्यक्रम गरी मनाइएको छ ।
मूल समारोह समिति सिमराको आयोजनामा सिमरामा विविध सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइएको हो ।
समारोह समितिका संयोजक सन्चबहादुर दोङ्गको संयोजकत्वमा नयाँ वर्षको रुपमा यो पर्व मनाइएको हो ।
यस अवसरमा सिमरा पानीटयांकीनिर रहेको साड्ढटासी देछेन बौद्ध गुम्बामा आयोजित कार्यक्रममा गुम्बाका प्रमुख छेगु लामाले ल्होछार पर्वको महत्व र यसको उपयोगिताबारे चर्चा गरे ।
उनले यस अवसरमा आफूभन्दा ठूला वडाको आशिर्वाद लिनुपर्ने शुभकामना आदान प्रदान गर्नूपर्ने लगायतका कुरा बताएका थिए । यस अवसरमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।



