– कृष्ण खनाल
बुटवल १४ माग । बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शनिवारदेखि बुटवलमा सचालन हुन लागेको चौथो कृषि मेला २०६८ को तयारी पूरा भएको आयोजक संस्था बुटवल उवासंघले जानकारी गराएको छ ।
कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले बुटवलको रामनगरस्थित बुटवल मण्डपामा ८ दिनसम्म चल्ने कृषि मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक संस्था बुटवल उवासंघले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
१४ गतेदेखि २१ गतेसम्म साचालन हुने कृषि मेलामा लुम्बिनी अाचल तथा काठमाण्डौ चितवन गोर्खा सल्यान बीरगाज लगायतका स्थानबाट कृषिजन्य करिव १ सय ५० स्टल सहभागी हुने संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
२०४२ सालदेखि औद्योगिक प्रदर्शनी गर्दै आएको संघले २०६२ देखि विशिष्टिकृत रुपमा प्रत्येक २ वर्षमा गर्ने गरी कृषिमेला साचालन गर्न शुरु गरेको थियो ।
रुपन्देही र यस आसपासका जिल्लाहरुमा उच्च मुल्यका नगदेवाली तरकारी जन्य उत्पादनमा सहयोग पुर् याउने आधुनिक कृषि प्रबिधि विऊ बिजन कृषि औजार तथा मेसिनरी आधुनिक कृषि उत्पादन सम्बन्धि प्रबिधि हस्तान्तरण गर्ने उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेताबीच समन्वय गर्ने यस क्षेत्रमा खपत हुने दुग्ध मासु फलफूल तथा तरकारीजन्य बस्तुसंग तुलनात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यबसायिक उत्पादनतर्फ कृषकलाई उन्मुख गराउने त्यस्तै बुटवललाई कृषि उपजको बृहत संकलन केन्द्रको रुपमा स्थापित गराउँदै निकासी योग्य कृषि उत्पादनमा जोड दिँदै निर्यात पर्वद्धन गर्ने कृषि उद्यमी कृर्षिमा आधारित उद्योगमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्यका साथ आयोजना गरिएको कृषि मेलामा करिव २ करोड कारोवारको लक्ष्य लिईएको छ ।
त्यस्तै कृषिको बिकासका लागि कृषि मेलाको आयोजना गरिएकाले प्रबिधिमा अत्यधिक खर्च लाग्ने भएकाले आम्दानी र खर्च बरावर हुने आयोजकले अनुमान गरेका छन । मेलमा बढी आम्दानी हुन सकेको खण्डमा तरकारी संकलनका लागि कोल्ड स्टोरमा लगानी गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव अनिल प्रसाद श्रेष्ठको साचालनमा सम्पन्न कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष जे।पी गुप्ता कृष्णकुमार श्रेष्ठ अनुपमान सैंजु पत्रकार महासंघका रुपन्देही सभापति दीपक ज्ञवाली लगायतले बोल्नुभएको थियो ।