माघ १४ शनिबार । छैटौं राष्ट्रिय खेलकूदको लागि मध्यमान्चल चेस छनौट प्रतियोगिता सम्पन्नभएको छ । जिविस सभा हल भक्तपुरमा सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा हिमाल लामामाथिसहज जीत हासिल गरी काठमाण्डौंका प्रेमकृष्ण महर्जन प्रथम भए ।
नौ चरणको खेलमा उनले७ दशमलव ५ अंक प्राप्त गरे । त्यस्तै सर्लाहीका भेट्रान लवकुमार श्रेष्ठलाई हराईकाभ्रेका युवा खेलाडी मदनकृष्ण कायष्ठ ७ अंकका साथ दोश्रो भए भने आप्ाुनै जिल्लाका सजिन महर्जनसित बराबरीखेलेका ललितपुरका राजन पुरी ६ दशमलव ५ अंकका साथ तेश्रो भए ।
प्रतियोगितामा मध्यमान्चलका १६ जिल्लाबाट ३८ जना खेलाडीहरु सहभागी थिए ।