जिन्दगी ना मिलेगी दोबारालाई उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी सात पपुलर फिल्मफेयर अवार्ड


 

मुम्बई – मुम्बईमा गएराति सम्पन्न फिल्मफेयर अवार्डमा जिन्दगी ना मिलेगी दोबाराले उत्कृष्ट फिल्मसहित सबैभन्दा बढी सात पपुलर अवार्ड जितेको छ। रकस्टारका लागि रणवीर कपुरले उत्कृष्ट नायक र विद्या बालनले द डर्टी पिक्चरका लागि उत्कृष्ट नायिकाको अवार्ड पाइन्। जिन्दगी…ले उत्कृष्ट फिल्म, निर्देशक, संवाद, सहनायक, समीक्षकको रोजाइको फिल्म, सिनेमाटोग्राफी र कोरियोग्राफीको अवार्ड पायो।

 

‘रकस्टार’ले पनि उत्कृष्ट नायक, समीक्षकको रोजाइमा उत्कृष्ट नायक, संगीत निर्देशक, रचना र पुरुष गायन गरी पाँच अवार्ड जित्यो।

समीक्षकका तर्फबाट उत्कृष्ट नाषिकाको अवार्ड सात खुन माफका लागि प्रियङ्का चोपडाले पाइन्। उत्कृष्ट स्क्रिनप्लेको अवार्ड देल्ही बेलीले, उत्कृष्ट कथाको आइ एम कलामले हात पार्‍यो। उत्कृष्ट सहअभिनेत्रीको अवार्ड नो वन किल्ड जेसिकाका लागि रानी मुखर्जीले पाइन्।


बक्सअफिसमा यो वर्ष सबैभन्दा बढी कमाउने फिल्महरु वडिगार्ड, सिंगम, रेडी कुनै पनि अवार्ड हात पारेनन्। यी बाहेक १ अर्बभन्दा बढी कमाउन सफल रा वन र डन टूले भने अवार्डविमुख हुन नपरेपनि प्रभावशाली विधा हात पार्न सकेनन्। – एजेन्सी