सेक्स खोज्नेमा विश्वकै १० नम्बरमा नेपाल

सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ।

यो त अप्रमाणित कुराकानीको विषय मात्र भयो, अब लागौं, प्रमाणित तथ्य खोज्न्, विश्वको नम्बर एक अनलाइन सर्च इञ्जिन गुगलले नेपाल र नेपालीको सेक्स प्रवृत्तिसम्बन्धी ऐना देखाइदिएको छ। चाहेर पनि ढाँट्न नसकिने यो यथार्थले सेक्सप्रतिको ढोंगी नेपाली धारणालाई वास्तवमै उदांगो बनाएको हो। गुगल इनसाइट फर सर्चमा सेक्स राखेर खोजी गर्दा यो यथार्थ छर्लंग हुन्छ।


विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा सेक्ससम्बन्धी सामग्री खोजी गर्ने राष्ट्रहरूको सूचीमा विश्व मै नेपाल दसौं स्थानमा छ। यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ।


इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ ।


अब कुरा गरौं काठमाडौंको जीवनशैलीको, अहिलेको काठमाडौं वास्तवमै यौनसम्बन्धी छुट्टै मानक खडा गरेर बसेको सहर हो। धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका हिसाबले विशेष महत्व राख्ने यो सहरको आफ्नै इतिहास छ। यो सहरमा सेक्स अर्थात् यौनका विषयमा खुला रूपमा कुरा गर्न बर्जित छ, तर रति क्रियामा लिप्त रहेको देखाउने टुँडाललाई प्राकृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ भन्छ। सेक्सका बारेमा देखिएको दोहोरो चरित्र कतिसम्म छ भन्ने कुरा मानिसहरूको व्यक्तिगत जीवनशैली हेरे अझ प्रस्ट हुन्छ।


सहरका पुरुषहरू बिहान घरबाट निस्कँदा इज्जत, प्रतिष्ठा र सम्मान बोकेर काममा जान्छन्। घरमा बस्ने हुन् वा कामकाजी नै, महिलाहरू आफ्ना छोरीलाई सधैं भर्जिनिटीको महत्व सम्झाइरहेका हुन्छन्। महिलाको इज्जत नै कौमार्य भएकाले यो गुमे सर्वस्व गुम्ने पाठ सिकाउनु आमाको दायित्व नै मानिन्छ। छोराहरू एकदमै आज्ञाकारी छोराको चरित्रमा अभिनय गरिरहेका हुन्छन् भने छोरीहरू ज्ञानी तथा शिल स्वभावयुक्त नारीको छवि निर्माणको प्रयासमा हुन्छन्। पति-पत्नीव्रता र पत्नी-पतिव्रता भएर एक अर्कामा समर्पित छौं भन्ने देखाउन चाहन्छन्। प्रत्येक दम्पती यही सोच्न चाहन्छन् कि- उनीहरूको छोरोले सेक्सका बारेमा कुनै सोच नै राख्दैन्, त्यस्तै छोरी आफ्नो भर्जिनिटी अर्थात् कुमारित्वको खुबै ख्याल गर्छे र त्यसलाई आफ्नो सम्पत्ति मान्छे।


यो सतहको दृश्य भयो, अब फेरि पर्दा भित्र छिरौं, यो दृश्य एक्लोपनको समयको हो, अर्थात् जब साँझ ढल्दै जान्छ, ढोकाको चुकुल लगाएर बाबा आफ्नो पर्सनल कम्प्युटरमा र छोरा-छोरी आ-आफ्नै ल्यापटपमा आफ्नो दमित इच्छाको आकाश खोज्न व्यस्त हुन्छन्। यसका लागि पहिलो पाइला नै गुगल हो। गुगलभित्र छिरेर एस इ एक्स (सेक्स) टाइप गरेपछि आउने मज्जाले उनीहरूको यौनकुन्ठालाई शान्त पार्छ।


कला संस्कृतिको धुरन्धर ऐतिहासिक प्रमाण बोकेर पनि यौन अर्थात सेक्सका बारेमा नेपाली समाज आवरणमा मौन छ। यसलाई विकृत मान्नेहरू र कुराकानीको विषय नै बनाउन नचाहनेहरूलाई पनि सेक्सको महत्व भने राम्रैसँग थाहा छ। त्यसैले हुनसक्छ, यौन रसको आनन्दनुभूतिमा जो कोही उत्तिकै लालायित छन्। सेक्स अट्रयाक्सनको मोहजालमा परिसकेपछि त्यसको सन्तुष्टि प्राप्तिका लागि मानिस छटपटिन्छ। त्यही छटपटीले एकान्तको खोजी गर्छ, अनि गुगलमा फेरी टाइप हुन्छ एस इ एक्स।


आधुनिक बन्ने चाहनामा पनि यौन आकर्षणको सम्बन्ध उत्तिकै जोडिएको छ। छोरीहरू घरबाट निस्कदा पहिरनले सम्पूर्ण शरीर ढाकेर निस्कछन्, तर आधुनिकतासँगै जब उनीहरू कलेज वा कार्यालय पुग्छन्, त्यसबेला आधा शरिर ढाक्ने पहिरन पनि हुँदैन। यसभित्र आफूलाई ग्लामरस देखाएर अरूलाई आकषिर्त गर्ने लालसा लुकेको हुन्छ। यता छोराहरू इन्टरनेटमा बसेर पोर्न साइटको लिंक खोज्न अभ्यस्त छन्, छोरीको तुलनामा छोरालाई केही सहज पनि छ, त्यसकारण उनीहरू एक कदम अगाडि नै हुन्छन्। हासो लाग्ने कुरा त के भनें बाबालाई भने इन्टरनेटमा सेक्स कन्टेन्टको सयर पछि कुन-कुन लिंकमा के-के हेरियो भनेर आउने वेब हिस्ट्री डिलिट गर्न आउँदैन अनि त उनको एक्सप्लोररमा जाने बित्तिकै असलियत थाहा भैहाल्छ।


अहिलेको समयमा छोरी देश वा विदेशको कुनै सहरमा काम गरिरहेकी हुन्छिन्। ठूलो सहरमा आफ्नी छोरी एक्लै बसेर काम गरिरहेकि छे भनेर बाबु आमा दंग छन्, तर यहीबीचमा परिवारको इज्जतको ख्याल गर्नु भनेर आमा फोन गरेर पटक-पटक छोरीलाई सम्झाइरहेकि हुन्छिन्। शिलस्वभाव युक्त भनिएकी छोरी हुन्छ-हुन्छ भनेर फोन राख्छे, फोन राखिनसक्दै उ ढकढकिएको ढोका खोल्न जान्छे, ढोका बाहिर उसको व्वाइफ्रेन्ड हुन्छ। छोरीलाई त्यति बेला गुगलमा सेक्स सर्च गर्ने आवश्यकता नै पर्दैन्, किनभने उ आफ्नै ब्वाइफ्रेन्डसँग रियल सेक्सको मज्जामा हुन्छे।


आज धेरै युवतीहरू आत्मनिर्भर जीवनयापन गरिरहेका छन्। उनीहरू एक्लै बस्छन्, यस्ता युवतीहरूका आमाबुबा के सोच्छन होला ? बाबुआमा वास्तवमा छोरी कुनै पनि अवस्थामा यौनमा लिप्त छैन भन्ने सोच्छन्। उनीहरू यस्तो सोच्छन् किनभनें उनीहरू वास्तवमै त्यति मात्र सोच्न बाध्य छन्। आफ्ना सन्तानका प्रतिविश्वासभाव राखेर यसप्रकारको भलो सोचाइ राख्न उनीहरू बाध्य छन्।


माथी उल्लेखित सबै पक्षमा सबैजना एक अर्कामा साँचो कुरा लुकाइरहेको प्रस्ट तस्बिर देखिन्छ। एकान्त मिल्ने वित्तिकै आफ्नै दाउ पूरा गर्न तथा अधुरो दमित इच्छा पुरा गर्न सबै तम्तयार छन्। यद्यपि मानिसहरू यो सत्य तथा यथार्थ किन लुकाउन चाहन्छन् ?


रिसर्च भन्छ-