विमानस्थल सुधार गर्न गठित एउटा अनुगमन समितिले भर्खरै आफनो प्रतिवेदन बुझाएको छ। ज्योति अधिकारी संयोजक रहेको सो समितिले २० दिन लगाएर स्थलगत अनुगमनका आधारमा देखेको समस्याबाट समाधानका उपाय सुझाएको छ। सो प्रतिवेदनको विस्तृत विवरण: –
४.१ सरसफाई तथा संचार :
(क) ट्वाइलेटहरु र यसका मापदण्डः वर्तमान विमानस्थलको चापलाई सम्बोधन गर्न आवश्यक ट्वाइलेटहरु पर्याप्त मात्रामा तत्काल थप्ने, भएकालाई तत्काल चालु अवस्थामा राख्ने। अन्तराष्ट्रिय विमान स्थलको ट्वाइलेटको मापदण्ड तय गरी हुनुपर्ने सामानहरुको लिस्ट स्पस्ट देखिने गरी राख्ने। साबुन हराउने, ट्वाइलेट पेपर रोल नै लैजाने जस्ता अर्थहीन मसिना तर्कको आधारमा यसको दुर्व्यवस्था रहन दिनु हुंदैन। अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ इमिग्रेशन छिर्नुभन्दा अगावै तत्कालै अस्थायी प्रकृतिको ५



