बलिउडकी ग्ल्यामरस नायिका उदिता गोस्वामीले तमिल सुपर हिट गीत ‘कोलाभेरी डी’ को नेपाली संस्करण गाएन


 

काठमाडौँ – बलिउडकी ग्ल्यामरस नायिका उदिता गोस्वामीले तमिल सुपर हिट गीत ‘कोलाभेरी डी’ को नेपाली संस्करण गाएकी छिन्। ‘ह्वाइ दिस कोलाभेरी डी’ लाई उनले ‘किन यो कोलाभेरी डी’ भनेकी छिन्।

त्यसैगरी उनले गीतमा भएको ‘लभ लभ ओ माइ लभ’ वाक्यलाई परिवर्तन गर्दै ‘माया माया मेरी माया’ राखेकी छिन्।
उदिताकी आमा भारतको मेघालयको सिलोङ्की हुन्। सन् २००३ मा पाप फिल्मबाट उनले बलिउडमा फिल्म यात्रा सुरु गरेकी हुन्। फिल्ममा जोन अब्राहमसँगको बोल्ड सिनले निकै चर्चा पाएको थियो। जहर र अक्सर उनका चर्चित फिल्महरु हुन्।

गीत हेर्नुस्

कलाकार धनुषले गाएको ‘थ्री’ फिल्मको तमिल र अङ्ग्रेजी मिसिएको गीत ‘कोलाभेरी डी’ इन्टरनेटमा सरुवा रोग जस्तै फैलिएको थियो। आधिकारिक रुपमा युट्युबमा राखिएको यो गीत अहिलेसम्ममा ३ करोडभन्दा बढी पटक हेरिसकिएको छ। लोकप्रियता कै कारण ‘ह्वाई दिस कोलाभेरी डी’ लाई सोनीले ट्रेडमार्कका रुपमा दर्ता गर्न खोजेको छ। -नागरिक