प्रियंका चोपडा
टोरन्टो – भारतमा हालै सम्पन्न टेलिभिजन रियालिटी कार्यक्रम बिग बस ५ मा सामेल क्यानाडाकी यौन चलचित्र कलाकार सनी लियोन विश्वका सबैभन्दा कामुक महिलामा सामेल भएकी छिन्। पुरुषहरूको म्यागजिन आस्क म्यानले विश्वका ९९ कामुक महिलाको सूची तयार गरेको छ। जसमा लियोनले पनि स्थान भेटाएकी छिन्।
र यस सूचिमा सबैलाई आश्चार्य बनाएको प्रियंका चोपडाको उपस्थितिले हो। चोपडा सनीभन्दा निकै माथि ७० औँ स्थानमा छिन् भने सनीले ८२ औँ स्थान भेटाएकी छिन्। सनीको स्थान यस सूचिमा यति तल हुनुलाई आश्चार्यजनक मानिएको छ।
उनी जिस्म २ मा खेलेपछि अली माथिल्लो स्थान पाउन सक्ने चर्चा पनि चलेको छ। हुनत यस सूचिमा एउटा अर्को पनि नाम छ, जसले सुन्ने जति सबैलाई आश्चार्यचकित बनाउन सक्छ। त्यो नाम हो, फ्रिडा पिंटोको। उनी यसमा सनी र प्रियंकाभन्दा निकै माथि ५८ औँ स्थानमा छिन्।
प्रियंका चोपडा
सनी लियोन
– एजेन्सी