कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखरामा कार्यरत क्षेत्रीय निर्देशकको सवारी दुर्घटनामा मृत्यु

मनोज अधिकारी

 

पोखरा – कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखरामा कार्यरत क्षेत्रीय निर्देशक ५० वर्षिय श्रीराम अधिकारीको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत बुधबार मर्निङ वाकका क्रममा पोखरा रंगशाला अगाडि मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको शुक्रबार बिहान मणिपाल शिक्षण अस्पतालमा मृत्युभएको हो।

काठमाडौ-२ किर्तिपुर, ट्याङ्गलाफाँटाका अधिकारी २०६७ साउन १२ गते पोखरा क्षेत्रीय कार्यालय सरुवा भइ आएका थिए। उनी बैंकको २४ वर्षे सेवाकालमा थिए। क्षेत्रीय प्रमुखको दुर्घटनामा मृत्य भएपछि शुक्रबार बैंकको उक्त कार्यालयमा कुनै कारोबार भएन। अधिकारीका सहयोगी एवं बैंकका कर्मचारी हरि सुवेदीकाअनुसार सधैंझैं एक्लै मर्निङ वाकमा निस्केका उनी बुधबार क्वाटरबाट आधा घण्टा छिटो निस्केका थिए।



प्रहरीका अनुसार ग.१ ख ३१९५ नम्बरको मिनी ट्रकले अधिकारीले ठक्कर दिएको थियो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।


टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल चरक अस्पताल पुर्‍याए पनि पुन मणिपाल अपस्तालको सघन उपचार कक्षमा राखिएको थियो। चिकित्सकले ‘क्रिटिकल’ अवस्था भनेपछि उनलाई राजधानी नलगि पोखरामै राखिएको बैंकका अर्का कर्मचारीले बताए। अधिकारीका एक छोरा राजधानीस्थित गंगालाल ह्रयय रोग अस्पतालमा डाक्टर छन् भने एक छोरी डाक्टर अध्ययनरत छिन्।