दुई सातादेखि बन्द भएको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना संचालनमा

दुई सातादेखि बन्द भएको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना आजदेखि संचालनमा आएको छ । ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत आयोजनाबाट अहिले ३६ मेगावाट विद्युत उत्पादन भएको छ ।

 

३५-३५ मेगावाट क्षमताको २ वटा टर्वाइनमध्ये युनिट २ को बृहत मर्मत सम्भारपछि संचालनमा ल्याईएको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।

 

रनर फेर्नुपर्ने भएकाले युनिट १ को मर्मतकार्य भने जारी नै रहेको जलविद्युत केन्द्रले जनाएको छ । गत माघ १५ गतेवाट मर्मत थालेर २१ दिनसम्म बन्द हुने भनिएपनि लोडसेडिङलाई मध्यनजर राखेर युनिट २ लाई मर्मत गरि संचालनमा ल्याईएको यादवले वताउनुभयो ।