– कृष्ण खनाल
बुटवल ५ फागुन । आफ्ना पाँच जना प्रतिष्प्रधिलाई पछाडी पार्दै न्यू होराईजन उच्च मावि बुटवलकी छात्रा अस्मिता चापागाईले दिप बोडिङ्गले आयोजना गरेको जिल्ला स्तरिय अन्र्तर माध्यमिक विद्यालय गायन ताराको उपाधी चुमेकी छिन । पहिलो चरणबाट राष्ट्रिय भावनाले अभिप्रेरित गित र दोस्रो चरणमा चहाना सकियो वहाना सकियो बोलको गित प्रस्तुत गरेकी उनले उक्त उपाधी जितेकी हुन ।
उपाधी संगै उनले नगद १५ हजार शिल्ड र प्रमाणपत्र हाता पारिन । त्यस्तै फस्ट रनरअफ कान्ति उच्च माविका सामेल सुनारले १० हजार शिल्ड र प्रमाणपत्र हाता परे भने न्यू इन्भाइरमन्ट उच्च माविकी निकिता न्यौपाने सेकेण्ड रनअफको उपाधी संगै नगद ५ हजार प्रमाण पत्र र सिल्ड जितिन । बुटवल पब्लिककी सृजना खनाल चौथॊ स्थानमा चित्त बुझाउदा स्मृति बोर्डिङ्ग स्कुलकी सृजना अधिकारीले पाँचौ प्राप्त गरि २-२ हजार नगद समेत पाए ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपाने को अध्यक्षता रुपन्देही जिल्ला शिक्षा कार्यालयका उप सचिव टीकाराम अर्यालकोप्रमुख आतिथ्यता रहेको कार्यक्रमा रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सचालन शिक्षक महेश खनाल र वर्ण भूषालले गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णकहरुमा संगितकार सुरेश सेन्चुरी गायक वसन्त श्रेष्ठ र गायक नारायण रहनुभएको थियो ।