‘सम्भावना पहिचान हाम्रो उद्धेश्य, बढाऔ लगानी बनाऔं भविष्य’ भन्ने नाराका साथ मध्यमाञ्चल महोत्सब सुरु

– मनोज बस्नेत

 

काभ्रे – ‘सम्भावना पहिचान हाम्रो उद्धेश्य, बढाऔ लगानी बनाऔं भविष्य’ भन्ने नाराका साथ शुक्रवारबाट मध्यमाञ्चल महोत्सब सुरु भएको छ । महोत्सव काभ्रे उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति, बनेपा, पनौती, धुलिखेल नगरपालिका जिल्ला पशु कार्यालय र जिल्ला कृषि विकास कार्यालयको आयोजनामा बनेपाको पुलबजारमा सुरु भएको हो ।

फागुण ५ गते देखि सुरु भएको महोत्सव १४ गते सम्म संचालन हुने काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश मानन्धरले जानकारी दिए ।

‘मध्यमाञ्चल क्षेत्र भित्र आन्तरिक एंव बाह्य पर्यटक प्रर्वद्धन तथा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि यो महोत्सब आयोजना गरिएको हो’ उनले भने ‘बनेपामै मध्यमाञ्चल महोत्सब आयोजना भएको यो दोस्रो पटक हो ।’

उनका अनुसार महोत्सबमा सुचना प्रविधि, बैकिङ, कृषि, पशु सेवा, यातायातका साधन, घरेलु हस्तकला लगायतका गरी १ सय ७५ वटा स्ट्रल रहेका छन । महोत्सवकमा मध्यमाञ्चल क्षेत्र भित्रका १९ वटा जिल्लाका व्यावसायिले सहभागीता जनाएका छन । २ लाख अवलोकनकर्ताले महोत्सव हेर्ने र महोत्सव अवधि भए ३ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले लिएका छन ।