काठमाडौं, ७ फागुन त्रिकोणात्मक श्रृंखला अन्तर्गत आज भारत र अष्ट्रेलियाबीच क्रिकेट म्याच हुँदैछ । फाइनल प्रवेशका लागि यो खेल आज दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ । अष्ट्रेलियाको सिडनीमा खेलिने यो खेल भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर आफ्नो एकदिवसिय खेलको सम्भवतः अन्तिम खेल खेल्ने छन् । जुन खेल हेर्न दर्शकको निकै ठूलो भीड हुने अपेक्षा गरिएको छ । श्रृंखलामा निकै राम्रो सुरुवात गरेको अष्ट्रेलियाले अंक तालिककामा दोस्रो स्थानमा छ । उसले भारत र श्रीलंकासँग लगातार दुई खेलमा पराजित भएको छ । अंक तालिकामा भारत १० अंकका साथ सबैभन्दा माथि छ । अष्ट्रेलियाको ९ र श्रीलंकाको ७ अंक छ । आइतबारको खेलमा जित हात पार्ने टिम फाइनलमा जाने सम्भावना लगभग पक्का जस्तै हुनेछ ।



