माघ सकिएको केही दिन मात्रै भयो । चिसो कम हुने क्रममै छ । तर एक जना महिला भने यो चिसोमा २५ घण्टासम्म पानीमा जिउ डुबाएर कठोर साधनामा छिन् । महातपस्वी माता श्री सिता राई पशुपतिस्थित बागमती नदीको बीच भागमा यसरी तपस्यमा बसेकी छन् । उनी २५ घण्टासम्म यसरी नै रहने बताइएको छ ।
उनी आइतबार ११ बजेर ९ मिनेट जाँदा जल तपस्याका लागि बागमती नदी प्रवेश गरेकी हुन् । अब उनी सोमबार १२ बजेर ९ मिनेटमा बाहिरिने बताइएको छ ।
यसअघि ३३ दिनसम्म निराहार जमिनमूनी बसेर तपस्य गरिसकेकी सिता राईको सगरमाथाको चुचुरोमा पुगेर टाउकाले टेकेर योगासन गर्ने लक्ष्य रहेको छ।




