तमु सम्मेलन १४ बुंदे बुटवल घोषणा पत्र जारी गर्दै सकियो, अध्यक्षमा घले

– कृष्ण खनाल


बुटवल फागुन ८ । नेपाल तमु -गुरुङ्ग विद्यार्थी छोंज धींको सातौ राष्ट्रिय सम्मेलन १४ बुंदे  बुटवल घोषणा पत्र जारी  गर्दै सकिएको छ । 

 

 फागुन ६ गते बाट सुरु भएको सम्मेलनले ऐतिहासीक कालीगण्डकी देखी बुढि गण्डकी सम्मको क्षेत्रलाई तमुवान स्वायत्त प्रदेश ग्यारेन्टी गर्नुपर्ने मातृभाषा सहितको बहुभासिक विश्व विद्यालयको माग लगाएतका १४ बुंदे बुटवल घोषण पत्रसहित आगामी कार्यकालका ३३ सदस्यी नया नेतृत्व चयन गर्दे सम्पन्न भएको हो । अध्यक्ष तथा उपाध्यइक्ष पथमा मतदान तथा अन्य पदहरुमा निरविरोध भएको थियो ।

 

आफ्ना प्रतिद्धन्दी भिमराज तमुलाई मात्र ११ मतको झिनॊ मतले पछ्उदै लम्जुङ्गका दुध प्रसाद घले अध्यक्षमा निर्वाचित हुनु भयो । उहाले १ सय ५४ मत र प्रतिद्धन्दी भिमराज तमुले १ सय ४३ मत पाउनुभएको थियो । कुल मतदाता संख्या ३ सय ६२ रहेकोमा ७ मत बदर सहित ३ सय ४ मत खसेको थियो । उपाध्यक्षमा काठमाण्डौका  राजेन्द्र तुम लाई पछाडी पार्दे पांचथरकी सिता तमु उपाध्यक्षमा निर्वाचित हुनु भयो । उहाले १ सय ८७ मत र प्रतिद्धन्दी राजेन्द्र तमुले १ सय ४ मता पाउनुभएको थियो ।

 

 अन्य नवगठित कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष चित्र बहादुर तमु-स्याङ्जा  महासचिवमा लाल बहादुर तमु-पाचथर सचिव लोक तमु- रुपन्देही कोषाध्यक्ष दुर्गा तमु- गार्खा संगठन सचिव केवी तमु-कास्की प्रचार सचिव धनु तमु-रुपन्देही शैक्षिक विभाग प्रमुख ओम तमु – काठमाण्डौ महिला विभाग प्रमुख तुसिता तमु- मोरङ भाषा शाहित्य विभाग प्रमुख शिला तमु -नबलपरासी प्रशिक्षण तथा अनुशासन विभाग प्रमुख कृष्ण तमु गार्खा रहनुभएको छ ।