
भगवान् तिरुपति बालाजीको विवाह महोत्सव भोलि खुल्लामञ्चमा हुने भएको छ ।
आज राजधानीमा श्री तिरुपति बालाजी विवाह महोत्सव मूल समारोह समितिले पत्रकार सम्मेलन गरी भोलि विहान ८ बजेदेखि भगवान् तिरुपति बालाजीको भाटभटेनी, नक्साल, बागबजार हुदै खुल्लामञ्च सम्म शोभा यात्रा गर्ने जनाएको हो ।
समितिले विहान ९:३० बजेदेखि नै भक्तजनहरुलाई दर्शनका लागी प्रवेशद्धार खुल्ला राख्ने र ५:३० बजेदेखि भगवान् तिरुपति बालाजीको विवाह गर्ने जनाएको छ ।
यातायात व्यवसायीहरुले भगावान् तिरुपतिको दर्शन गर्न आउने भक्तजनहरुको सजिलोका लागी राति ११ बजेसम्म सार्वजनिक सवारी साधान चलाउने भएका छन् ।
आयोजक समितिले दर्शन गर्न आउने भक्तजनहरुलाई फलफूल र दक्षिणा लिएर नआउन आग्रह गरेको छ । यो महोत्सव भारतबाहिर विश्वमै पहिलो पटक नेपालमा आयोजना गर्न लागिएको हो ।