१५ दिने मिथिला परिक्रमा पदयात्रा महोत्तरीको मटिहानीमा

१५ दिने मिथिला परिक्रमा पदयात्रा आज महोत्तरी पुग्यो


जनकपुरधामलाई केन्द्र मानेर राम र सीताको प्रतिमा डोलामा राखेर हनुमान नगरबाट शुरु भएको १५ दिने मिथिला परिक्रमा पदयात्रा आज महोत्तरीको मटिहानी पुगेको छ ।

 

धनुषाको हनुमाननगर, विहारको कल्याणेश्वर तथा गिरीजास्थान हुँदै पदयात्रा मटिहानी पुगेको हो ।

 

रामसीताको छुट्टा छुट्टै डोला लिई आइपुगेका साधुसन्त र श्रद्धालुसहितका पदयात्रीलाई मटिहानीमा भव्य स्वागत गरिएको छ ।

 

प्रत्येक बिश्रामस्थलमा राम र सीताको प्रतिमा अलग अलग स्थानमा राखेर साधुसन्त तथा श्रद्धालुहरुले नाचगान, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रम गर्ने परम्परा छ ।