२१ औं पटक सगरमाथा आरोहरण गर्ने आप्पा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र

२१ औं पटक सगरमाथा आरोहरण गर्ने आप्पा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रधान सम्पादक क्रेक ग्यान्डेले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

 

सिन्धुपाल्चोकको मेलम्चीस्थित महांकाल गाउँ विकास समितिको भ्याली क्याम्पसमा आयोजित कार्यक्रममा २१ पटकसम्म सगरमाथा आरोहण गरेर विश्व किर्तीमान कायम गरेका शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो ।

 

 

ताप्लेजुङको घुन्साबाट शुरु भएको क्लाइमेट स्मार्ट सेलिब्रेटी ट्रेक नामक १७ सय किलोमिटरको पदयात्रामा रहनुभएका शेर्पालाई पदयात्राकै क्रममा सिन्धुपाल्चोक पुगेको बेला प्रमाणपत्र प्रदान गरिएको हो ।