काठमाडौं, १६ फागुन वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए विद्यार्थी संगठनले आन्दोलन गर्ने भएका छन् । बढाएको मूल्य आज दिउँसोसम्म फिर्ता नलिए आन्दोलनमा उत्रिन बाध्य हुने अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले ओएनएसलाई बताए । विद्यार्थी संगठनले मूल्य घटाउन हिजो सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । उनहरुले ३३ प्रतिशत सहुलियत दिने सहमति कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् । सरकारले पछिल्लो पटक डिजेल, मट्टितेल, पेट्रोल र आन्तरिक हवाई इन्धनमा प्रति लिटर चार रुयैयाँ बढाएको छ ।



