वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व रङ्गीचङ्गी ध्वजापताकासहितको चीर गाडी सुरु


 

काठमाडौ – वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व काठमाडौँको बसन्तपुरमा आज बिहान विधिपूर्वक रङ्गीचङ्गी ध्वजापताकासहितको चीर गाडी सुरु भएको छ ।

ललितपुरमा पनि फागुको चीर गाड्ने प्रचलन रहेको छ । विशेषगरी नेपाल र भारतका हिन्दुहरुले यस चाडलाई भव्यताका साथ मनाउने गर्दछन् ।

दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक होलिका मारिएकी उपलक्ष्यमा त्यसै बेलादेखि होली अर्थात फागु खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ ।

भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चीरको धुवाँबाट अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको पाइन्छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड