बुद्ध एअरद्धारा भारतको वाराणसी शहरमा हवाई सेवा विस्तार

बुद्ध एअरले भारतको अर्को शहरमा हवाई सेवा विस्तार गरेको छ । भारतको लखनउबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिदै आएको बुद्धले वाराणसीमा पनि उडान सेवा सुरु गरेको हो । बिहिबार पत्रकार सम्मेलन गरी सेवा विस्तार बारे जानकारी गराइयो । बुद्धले साताको ४ दिन काठमान्डौं वाराणसी काठमान्डौं उडान भर्ने छ ।



धार्मिक, व्यावसायिक, एवं शैक्षिक दृष्टिकोणबाट समेत वाराणसी प्रख्यात रहेकाले यस शरमा पनि सेवा शुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले काठमान्डौं वाराणसी उडानको एकतर्फि भाडादर ५ हजार ३१ रुपैयाँ तोकको छ ।