एक सिलिन्डर ग्यासमा ५ सय ६३ रुपैयाँ ४० पैसा घाटा


काठमाडौं, १९ फागुन नेपाल आयल निगमलाई एक सिलिन्डर ग्यासमा साढे ५ सय रुपैयाँभन्दा बढी घाटा भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएको भन्दै भारतीय आयल कर्पोरेसन ९आइओसी० ले मार्च १ मा पठाएको नयाँ मूल्यअनुसार निगमलाई सो घाटा थपिएको हो ।


नयाँ मूल्यअनुसार निगमलाई सबैभन्दा धेरै घाटा ग्यास छ । त्यसपछि डिजेलमा र अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ ।


 


एलपी ग्यासमा एक सिलिन्डरमा ५ सय ६३ रुपैयाँ ४० पैसा घाटा छ । निगमलाई डिजेल एक लिटरमा ११ रुपैयाँ ९४ पैसा घाटा छ ।


आयाल निगमका अधिकारीहरुले ग्यासको घाटा अहिलेसम्मकै उच्च रहेको दाबी गरेका छन् ।