स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा साविक विजेता बार्सिलोना विजयी भएको छ । दश खेलाडीमा सिमित बार्सिलोनाले आफ्नै मैदान क्याम्प नौमा स्पोर्टिङ गियनलाई ३-१ ले हरायो ।
एक खेलका लागि प्रतिबन्धमा परेका बार्सा स्टार लियोनल मेसीको अनुपस्थितीमा घरेलु टोलीलाई जिताउन आन्द्रेस इनिएस्टा, सिदु केइटा र जाभीले एक-एक गोल गरे ।
गियनका लागि डेभिड बेरालले एक गोल गरे । जितपछि २५ खेलबाट ५७ अंक जोडेको बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा कायमै छ । शिर्ष स्थानको रियाल मड्रिडको २४ खेलबाट ६४ अंक छ । ला लिगाकै अन्य खेलहरुमा रायो भालेकानोले रेसिङ्ग सान्टान्डरलाई ४-२ ले र मालागाले गेटाफेलाई ३-१ ले हरायो ।
यसैगरी, सेभियाले एटलेटिको मड्रिडसँग र रियाल मर्योकाले ओसासुनासँग १-१ गोलको बराबरी खेल्यो ।