इङ्लिश प्रिमियर लिगको जारी सिजनमा लगातार खराब प्रदर्शन गरेपछि इङ्लिश क्लव चेल्सीले प्रशिक्षक आन्दे्रस भिलास बोआसलाई वर्खास्त गरेको छ ।
३४ बर्षिय भिलास बोआस झण्डै नौ महिनाअघि मात्र चेल्सी प्रवेश गरेका थिए । जारी सिजनमा चेल्सीले खेलेको पछिल्ला १६ खेल मध्ये पाँचमा मात्र जित हात पारेको छ ।
चेल्सीले च्याम्पियन्स लिग र लिग कपमा पनि खराब प्रदर्शन गरेको थियो । गत शनिबार सम्पन्न प्रिमियर लिगमा चेल्सी वेष्ट ब्रोमवीच आल्बियनसँग १-० ले पराजित भएको थियो ।
लगत्तै चेल्सीले प्रशिक्षक भिलास बोआसलाई वर्खास्त गरेर उनको ठाउँमा केही समयका लागि प्रशिक्षकको जिम्मेवारी पूर्व चेल्सी मिडफिल्डर रोबर्टो डि माटेओलाई दिएको छ ।