
रङैरङको पर्व फागू पूर्णिमा काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा भोलि मनाईदै छ । फागू पुर्णिमाको अवसरमा उछृङ्खल गतिविधि हुन नदिन र पर्वलाई स्वच्छ मनोरञ्जनपूर्ण बनाउने उद्धेश्यले राजधानीमा मात्रै २२ सय प्रहरी परिचालन गरिएको छ ।
यस्तै ३ सय सादा पोशाकका प्रहरी पनि परिचालन गरिने भएको छ । फागू पुर्णिमाको अवसरमा जबर्जस्ती लोला हान्ने र इच्छा विपरित रङ्ग दल्ने विरुद्ध सार्वजनिक मुद्धा चलाइने पनि प्रहरीले बताएको छ । फागू पुर्णिमाको अघिल्लो दिनसम्म जबर्जस्ती लोला हान्ने ५३ जनालाई नियन्त्रणमा लिइएको प्रहरील जनाएको छ ।
फागूको अवसरमा हुनसक्ने अबाञ्छित गतिविधिलाई मध्यनजर गर्दै उपत्यकालाई चार वटा सेक्टरमा विभाजन गरी सुरक्षा व्यवस्था कडा पारिएको पनि प्रहरीले बताएको छ । प्रहरीले अघिल्ला बर्षहरुको तुलनामा यस पटक फागू अघि नै लोला हान्ने प्रवृत्ति निकै घटेको दाबी पनि गरेको छ ।