काठमाडौ, फाल्गुन २४ – होली कसरी मनाउँदै हुनुहुन्छ रु संयमित हुनोस्- नत्र, कारबाहीको फन्दामा पर्न सक्नु हुनेछ । होलीका नाममा मदिरा पनि नपिउनुहोला । किनभने प्रहरीले बुधबार दिउँसैदेखि मादक पदार्थ सेवन ९मापसे० जाँच गर्ने भएको छ । इच्छाविपरीत लोला हान्ने, रङ दल्ने र पानी छ्याप्नेलाई पनि पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइनेछ । होलीमा हुने सबैखाले उच्छृंखल क्रियाकलाप रोक्न र त्यसमा सहभागीलाई नियन्त्रणमा लिएर कारबाही चलाउन महानगरीय प्रहरी आयुक्तको कार्यालयले मातहतका निकायहरूलाई ुकडा निर्देशनु दिएको छ । आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा करिब २ हजार ३ सय ट्राफिक र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकका पनि प्रहरीहरू विभिन्न स्थानमा परिचालित हुनेछन् । पैदल गस्ती, मोबाइल भ्यान, सीआरभी, साइकल र मोटरसाइकलमा पनि सुरक्षाकर्मी परिचालनको व्यवस्था मिलाइएको छ । काठमाडौंका ४४, भक्तपुर र ललितपुरका २५र२५ स्थानमा बिहानैदेखि सवारी साधन जाँच गरिनेछ । ुविगतका होलीमा मादक पदार्थ सेवनबाट धेरै दुर्घटना भएको पाइयो,ु उनले भने, ुपर्वलाई सभ्य र संयम तरिकाले मात्र मनाउने वातावरण बनाउन यसो गरिएको हो ।ु उनले हेलमेट नलगाई र तीन जना बसेर मोटरसाइकल कुदाउनेलाई समेत कारबाही गरिने बताए । ुइच्छाविपरीत लोला हान्ने, रङ दल्ने र फोहोर पानी फाल्नेलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइनेछ,ु उनले भने । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर टोल-टोलमा हुने ग्याङ फाइट नियन्त्रणका लागि सम्भावित स्थानमा सुरक्षा कडा बनाइने छ । ुभित्री गल्लीहरूमा पनि सुरक्षाकर्मी परिचालन गरिनेछ,ु एसएसपी श्रेष्ठले भने, ुअरूलाई जबर्जस्ती गोलभेडा, अन्डा, फोहोर पानी र मोबिल हान्न पाइने छैन ।ु यस्तै सेता कपडा लगाएर बरखी बारिरहेका व्यक्तिमाथि रङ फ्याँकेमा पनि कारबाही गरिनेछ । इच्छाविपरीत लोला हान्ने सोमबार ४१ जना र मंगलबार ९० जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई छानबिन गरी मुद्दा चलाइने छ । अघिल्लो वर्ष इच्छाविपरीत लोला हान्ने १९ जनामाथि मुद्दा चलाइएको थियो ।



