बार्सिलोना, फागुन २५ – लिओन मेसी च्याम्पियन्स लिगमा पाँच गोल गर्नेने पहिलो खेलाडी बनेका छन्। उनले बुधबार राति बायर लेभरकुसेन विरुद्ध पाँच गोल हिर्काएपछि साविक विजेता बार्सिलोना ७-१ अन्तरको जित हासिल गर्न सफल भयो। यसकासाथै बार्सिलोना समग्रमा १०-२ गोल अन्तर सहित प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। तीन पटकसम्मका फिफा प्लेयस अफ दि इयर घोषित खेलाडीले २५, ४२, र ४९ ओँ मिनटमा गोल गर्दै आफ्नो खेल जीवनको १७ औ ह्याट्रिक बार्सिलोनाका लागि गरेका थिए। त्यसपछि उनले ५८ औँ र ८४ औँ मिनटमा थप दुई गोल गर्दै एकै म्याचमा कुल पाँच गोलको ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। पछिल्लो पटक सोरेन लेर्बीले सन् १९७९-८०मा युरोपिएन क्लबको माथिल्लो क्लब च्याम्पियनसिपमा एजाक्सका लागि ओमानिया विरुद्ध पाँच गोल गरेका थिए। मेसीले यस सत्रमा बार्सिलोनाका लागि ४८ गोल गरिसकेका छन, जसमा १२ गोल च्याम्पियन्स लिगका लागि छ। उनले आफ्नो च्याम्पियन्स लिग खेलमा कुल ४९ गोल गरेका छन्। २४ वर्षको उमेरमै उनले बार्सिलोनाका लागि २ य २८ गोल गरेका छन् भने यस सत्रमा सात ह्याटि्रक गरेका छन्। बुधबारको खेलमा बार्सिलोनाका लागि थप दुई गोल अतिरिक्त खेलाडीका रुपमा आएका क्रिष्टियान टेल्लोले गरेका



