दी डर्टी पिक्चरबाट विद्या वालनलाई यस वर्षको भारतीय राष्ट्रिय फिल्म पुरस्कार


 

नयाँ दिल्ली – दी डर्टी पिक्चरबाट विद्या वालनले यस वर्षको भारतीय राष्ट्रिय फिल्म पुरस्कार पाएकी छिन्। सिल्क स्मिताको रोलमा देखिएकी विद्याले उत्कृष्ट नायिकामा राष्ट्रिय पुरस्कार पाएकी हुन्।

 

राष्ट्रिय फिल्म पुरस्कार बलिउडभन्दा क्षेत्रीय फिल्महरुले पाउन सफल रहेको यो वर्ष आई एम सर्वोत्कृष्ट फिल्म बन्न सफल भयो।

 

हिन्दी भाषाका भन्दा अन्य भाषामा बनेका फिल्महरुले यो वर्ष राष्ट्रिय पुरस्कार हात पारे। अन्य भाषामा बनेका फिल्मले बलिउडलाई माथ गरेको यो पहिलो पटक भने होइन। कमर्सियल रुपमा सफल रहेका फिल्महरुभन्दा पनि विधागत रुपमा उत्कृष्ट फिल्मले राष्ट्रिय पुरस्कार हात पार्ने गरेको छ।


बलिउडका जिन्दगी ना मिले दुवाराले वेस्ट कोरियोग्राफ र शाहरुखको रा वनले स्पेसल इफेक्ट अवार्ड हात पारे।