
एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक नेपाल पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाललाई प्यालेष्टाइनले २-० ले हारएको हो । खेलको शुरुवात देखि नै लय गुमाएको नेपालले पहिलो गोल दोस्रो मिनेटमै खाएको थियो ।
प्यालेष्टाइनका फाहिद अट्टलले उक्त गोल गरेका थिए । झण्डै १५ हजार दर्शकको पूर्ण समार्थन पाएको नेपाललाई ६५ औं मिनेटमा फाहिद अट्टले नै अर्को झटका दिंदा प्यालेष्टाइनको जित पक्का भयो ।
प्यालेष्टाइका खेलाडी सामू शारीरिक रुपमा कमजोर देखिएका नेपाली खेलाडीले पूरै समय दबाबमा खेलेका थिए । उता, यही प्रतियोगिताको पहिलो खेलमा तुर्कमेनिस्तानले मल्दिभ्सलाई हरायो ।
हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालय मैदानमा तुर्कमेनिस्तानले मल्दिभ्सलाई ३-१ ले हराएको हो । तुर्कमेनिस्तानलाई जिताउन रुस्लान मिनगनजोभ, चोनकाएभ र अमानोभले १-१ गोल गरेका थिए । भोली हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा फिलिपिन्सले उत्तर कोरियाको र दशरथ रंगशालामा भारतले ताजिकिस्तानको सामना गर्ने छन् ।