-उमाकान्त पाण्डे गाउंले
बुटवल – २६ फ़ाल्गुन
हालै धनगढिमा सम्पन्न छैठौ रास्ट्रिय खेलकुद प्रतियोगितामा पस्चिमान्चल छेत्रका खेलाडिहरुले व्यवस्थापन पछ कमजोर भएको कारण आफ़ुहरुको प्रदशन फ़ितलो भएको बताएका छ्न।
प्रतियोगितामा तेक्वान्डो तर्फ़बाट सहभागिता जनाएका खेलाडि हरुले आफ़्नो टिम व्यवस्थापनका लागि व्यवस्थापकले लापरवाहि गरेका आफ़ुहरुले चाहे जस्तो खेल प्रदशन गर्न नसकेको बताएका हुन ।
पस्चिमान्चलबाट २७ जना तेक्वाण्डो खेलाडिले सहभागिता जनाएको प्रतियोगितामा व्यवस्थापनको कमजोरले गर्दा खेलाडिहरुलाई खान बस्न र मानसिक रुपमा तनाब ग्रस्थ बन्नु परेको उनिहरुको आरोप छ।
तेक्वान्डो खेलाडी समुहलाई हेर्ने जिम्मेवारि पाएका व्यवस्थापक प्रमुख राजकुमार पाण्डेले खेलाडीलाई बेवास्ता गरेका कारण आफ़ुहरु अलपत्र भएको खेलमा सहभागि खेलाडीले आरोप लगाएका छ्न।
संयोजक पाण्डेले नै आफ़्नै टीम बेवास्ता गरेपछि आयोजकबाट समेत आफ़ुहरु खेलाडी बिच समन्वयव गर्न नसकदा महतवपुर्ण पदकहरु गुमाउनु परेको खेलाडी सुमन पौड्य़ाल( रुपन्देही भैरहवा)ले बताए ।
तेक्वान्डोमा सहभागिता जनाएका २७ जना खेलाडीले तेक्वान्डोका दुइ बिधा काटा (प्रदशन) र स्प्यारिन्ग (लडाइ)मा गरि १८ पदकमा कब्जा जमाएका थिए ।
दुइ बिधा मध्ये स्प्यारिन्गमा सबैभन्दा बढि पदकको आशा गरिए पनि सोहि बिधामा एउटा मात्र पदक पाएको खेलाडी बालक्रिश्न महतो(कास्कि) ले बताए
सहभागीता जनाएका खेलाडीले आफ़्नो टिम म्यानेजर लाइनै चिन्न नपाएको र प्रतियोगिताको समयमा आफ़ुहरुलाई अलपत्र छोडि सम्पर्क विहिन बनेको आरोप समेत लगाए ।
उता टिम ब्यबस्थापक राजकुमार पाण्डेले आयोजकले नै आफ़ुलाइ नाम मात्रको ब्यबस्थापक बनाएको बताए , उनले भने रकम आयोजकले राख्ने मैले कसरि ब्यबस्थापन गर्ने ?तर खेलाडीले आफ़ुहरुलाइ पैसा सग सरोकार नभएको भन्दै कम्तिमा अभिभावकको जिम्मेवारि पाएको ब्यात्ति पाण्डेले सान्त्वना समेत नदिइ प्रतियोगिता अवधिभर गायब हुनुलाइ सम्बन्धित पछले समयमै सोच्नुपर्ने खेलाडी लछमण मल्ल (रुपन्देहि)ले जनाए ।



