– गजेन्द्र बोहरा,
दाङ, – प्यूठानको तिराम-३, स्थित डाङडुङे गाउँमा शनिबार दिउसो आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट घरमा रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय सन्तोष विकको घरबाट निस्किएको आगोबाट दानबहादुर विक निम बहादुर विक र रामबहादुर विकको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार क्षति विवरण अझैं आइसकेको छैन।