प्यूठानमा गाडीको ठक्करले एक जनाको मृत्यु

– गिरुप्रसाद भण्डारी

 

प्यूठान  – गाडीको ठक्करले आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

 

बिजुवार ३ पुन्खोलास्थित ग्यारेमा ना१ख १६१७ नम्बरको बसले ठ्क्कर दिँदा लु१ज १९३३ नम्बरको बसका सहचालक धरमपानी ९ चुजाँठाटीका ढकबहादुर थापाको मृत्यु भएको हो ।

 

थापाको बिजुवार अस्पतालमा उपचार गराउँदा गरउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनायो । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने, चालका फरार छन् ।