
युरोपियन युनियनले नेपालको खाद्य सुरक्षा प्रणालीमा काम गर्दै आएको संस्था विश्व खाद्य कार्यक्रम डब्लुएफपीलाई चार मिलियन डलर सहयोग गरेको छ ।
युरोपियन युनियनको कार्यालयमा आज नेपाली ४२ करोड रुपैयाँ प्रदान गर्ने सहमति भएको हो ।
सहमतिमा युरोपियन युनियनका राजदुत डा. एलेक्जेन्डर स्पास्चिस र नेपालका लागी खाद्य सुरक्षा कार्यक्रमका प्रमुख निकोल मेनागले हस्ताक्षर गर्नुभयो ।
नेपालको खाद्य सुरक्षाका लागि युरोपियन युनियनले चार वर्षदेखि काम गर्दै आएको छ ।